झापा , पुष ८ । झापा शिवसताक्षीका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी ११ का ५० वर्षिय पुरुष रहेका छन् । उनको विराटनगरको नोवेल हस्पिटलमा मृत्यु भएको हो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १३० पुगेको छ । त्यसैगरी बुधबार झापाका २ महिला र ३ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । गौरीगञ्ज र शिवसताक्षीका एक–एक महिला, मेचीनगर , गौरादह र दमकका एक–एक पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्