दमक, पुष १० । पूर्वराजा ज्ञानेन्द्र शाह पर्सी आइतबार मात्र झापा आउने भएका छन् ।

शाह आइतबार अपरान्ह बुद्ध एयरमार्फत भद्रपुर हुँदै दमक आइपुग्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । सपरिवारसहित झापा आउन लागेका शाह त्यहाँ करिब ४ हप्तासम्म बस्ने बुझिएको छ । केही संचारमाध्यमहरुले उनी आज आउने जनाएकोमा निकटस्थ कार्यकर्ताहरुले आज आउने कार्यक्रम नरहेको बताएका छन् । आज आउने कार्यक्रमका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी विजयराज पण्डितले बताए ।
झापा बसाइको क्रममा उनले राजनीतिक भेटघाट र केही शक्तिपीठको दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र हरेक बर्ष जाडोको समयमा करिब एक महिनासम्म झापाको दमकमा बस्दै आएका छन् । त्यहाँ उनको आफ्नै चिया बगान र निवास रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्