झापा , पुष १० । प्रतिबन्धित ब्राउनसुगरसहित एकजना महिला मेचीनगरबाट पक्राउ परेकी छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो मेचीनगर ६ मा भारतबाट नेपालतर्फ आउदै गरेका मेचीनगर १ बस्ने ३१ वर्षिया हेमा गणेशलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनले बोकी ल्याएको २८ ग्राम ब्राउनसुगर बरामद गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै लागु औषध मुद्धामा फरार एक प्रतिवादी पक्राउ परी जेल चलान भएका छन् । जेल जानेमा मेचीनगर १ बस्ने ४० वर्षिय हुसन्ना भन्ने मेहम्मद हुसेन मिया रहेका छन् ।झापा जिल्ला अदालत भद्रपुरको २०७६ असार २५ गतेको फैसला अनुसार लागु औषध मुद्धाका प्रतिवादी मियालाई ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । घट्नापश्चात् फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार मेचीनगर १० पशुहाटबाट पक्राउ गरिएको थियो । अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्