एजेन्सी । भर्खरै प्राप्त जानकारी अनुसार फ्रान्समा पनि कोरोना भाइरसको नयाँ र बढी खतरनाक प्रकार फेला परेको छ ।

केही दिनअघि बेलायतमा भेटिएको भाइरस फ्रान्समा पनि फेला परेको हो ।फ्रान्सेली स्वास्थ्य मन्त्रालयले नयाँ प्रकारको भाइरसबाट संक्रमित व्यक्ति टुअर्स शहरमा भेटिएको जनाएको छ । उनी १९ डिसेम्बरमा लन्डनबाट फर्केका थिए । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएपछि केही देशले त्यहाँको यात्रामाथि प्रतिबन्ध लगाएका थिए । बेलायतसँगै दक्षिण अफ्रीकामा पनि कोरोना भाइरसको नयाँ प्रकारको पुष्टि भएको छ । जुन बढी खतरनाक र बढी संक्रामक भएको बताइन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्