दमक, पुष ११ । टाटा सुमोले ठक्कर दिँदा आज विहान झापाको कमल गाउँँपालिका ५ स्थित सडकखण्डमा एक जना साईकलयात्रीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज विहान ८ वजेतिर पूर्व जादै गरेको मे.१ ज. २००४ नम्बरको टाटा सुमोले बाटो काट्दै गरेका कमल ६ बस्ने ५३ बर्षिय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । उनका अनुसार ठक्करवाट सख्त घाईते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने सुमो र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिईएको पण्डितले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्