भद्रपुर, पुष ११ । भट्टराई कुल वंश प्रतिष्ठान भद्रपुर नगर समितिले सामूहिक कुलपूजा तथा वंश भेला सम्पन्न गरेको छ ।

प्रतिष्ठानका नगर अध्यक्ष चेतनाथ भट्टराईको घरमा जेष्ठ सदस्य महानन्द भट्टराईको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराई, भट्टराई कुल वंश प्रतिष्ठानकी केन्द्रीय सदस्य गोमा भट्टराई, पूर्व केन्द्रीय सदस्य अरूण भट्टराई, जिल्ला सदस्य शशिकुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कोभिड १९ का कारण कार्यक्रममा विगत वर्षहरूजस्तो सम्मान तथा पुरस्कार बाँड्न नसकिएको नगर अध्यक्ष चेतनाथ भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्