दमक, पुष १२ । पूर्वराजा ज्ञानेन्द्र शाह आज साँझ झापा आएका छन् ।

शाह आज साँझ बुद्ध एयरमार्फत भद्रपुर हुँदै दमक आइपुगेका हुन् । सपरिवारसहित झापा आएका शाह त्यहाँ करिब ४ हप्तासम्म बस्ने बुझिएको छ ।शाहको स्वागतका लागि धेरै राजावादीहरु भद्रपुर विमानस्थल पुगेका थिए । उनीहरुले ‘राजा आऊ देश बचाऊ ’जस्ता नारा लगाएका थिए । झापा बसाइको क्रममा उनले राजनीतिक भेटघाट र केही शक्तिपीठको दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र हरेक बर्ष जाडोको समयमा करिब एक महिनासम्म झापाको दमकमा बस्दै आएका छन् । त्यहाँ उनको आफ्नै चिया बगान र निवास रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्