बिर्तामोड , पुष १३ । बिर्तामोडको एक अटो ग्यारेजमा भीषण आगलागी भएको छ ।

बिर्तामोड–४ स्थित लिटल फ्लावर्स स्कूल नजिकै रहेको ग्यालेक्सी अटो ग्यारेजमा आज साँझ आगलागी हुँदा लाखौंको क्षति भएको छ ।भर्खरै सो आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी मुकुन्द रिजालले बताए ।

उनले आगलागीबाट अटो गाडी , अटो पार्टस्लगायतका लाखौंको धनमाल जलेर नष्ट भएको बताउँदै क्षतिको विवरण ननिकालिएको जानकारी दिए । आगो निभाउन बिर्तामोड, भद्रपुर र मेचीनगरको दमकल बोलाइएको थियो । त्यस्तै स्थानीय र प्रहरी पनि खटिएका थिए ।
उमेश शाहले सञ्चालन गर्दै आएको सो ग्यारेजमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्