शिवसताक्षी , पुष १४ । झापाको शिवसताक्षी नगरपालिका–१० मा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेका को २ च १५८२ नम्बरको पिकअपका चालक केरावारी गाउँपालिका–८ का ४६ बर्षीय भोजराज आचार्यलाई ठक्कर दिइ घाईते बनाएको थियो । आचार्यको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्