दमक, पुष १४ । दमक ६ स्थित लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले बिर्र्तामोड क्षेत्रका सदस्यहरुलाई एकदिने सहकारी सदस्य शिक्षा तालिम प्रदान गरेको छ ।

सहकारीको बिर्तामोड सेवा केन्द्रको व्यवस्थापनमा सोमबार सदस्यकेन्द्रित सदस्य शिक्षा तालिम सम्पन्न गरिएको व्यवस्थापक कुवेर तुम्बापोले जानकारी दिए ।

संस्थाको सूचना उपसमिति संयोजक तथा उपाध्यक्ष महेन्द्र राईको अध्यक्षतामा भएको तालिममा सहकारी र समाजका विषयमा सहकारीका निवर्तमान सचिव देशराज नेम्बाङ ,सचिव दिलिप जवेगुले सहकारीको पृष्ठभूमि ,बचत तथा कर्जा र सदस्यहरुका काम कर्तब्य तथा जिम्मेवारीसम्बन्धी सहजीकरण गरेका थिए । त्यस्तै, लेखा सदस्य वीरबहादुर लाओतीले व्यवस्थित लेखा प्रणाली र अध्यक्ष पदम (संकल्प ) लिङदेनले सहकारी ऐन , सहकारी निर्देशिका र दोहोरो सदस्यताका बारेमा सहजीकरण गरेका थिए ।

बिर्तामोड क्षेत्रका ६० बढी सदस्यहरुको सहभागिता रहेको तालिम उद्घाटन कार्यक्रममा बिर्तामोड सेवा केन्द्रकी सहसंयोजक बिमला फुयाँलले स्वागत मन्तव्य राखेकी थिईन् भने बिर्तामोड सेवाकेन्द्रका सचिव सुवास भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
यसैगरी, सहकारीले शिवसताक्षीका सदस्यहरुका लागि पनि पुष २८ गते सदस्य शिक्षा तालिम सञ्चालन गर्ने जनाईएको छ । माघ दोस्रो साताभित्र झिलझिले बजारमा सेवाकेन्द्र सञ्चालनमा ल्याईने तयारी गरिएको अध्यक्ष लिङदेनले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्