सुरुङ्गा , पुष १४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको लक्ष्मीपुरमा आज साँझ मोटरसाइकलको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।

पहिचान नखुलेको मोटरसाइकलको ठक्करबाट कनकाई नगरपालिका वडा नम्बर ७ दुर्गापुर बस्ने ६५ वर्षीया चम्पादेवी हलुवाईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । पश्चिमबाट पूर्वतर्फ जादै गरेको मोटरसाइकले विपरित दिशाबाट आउँदै गरेकी पैदलयात्री ती बृद्धालाई ठक्कर दिएको थियो । घाइतेलाई उपचारका लागि लादै गर्दा बाटैमा मृत्यु भएको हो ।
वृद्धालाई ठक्कर दिएर फरार रहेको मोटरसाईकल र चालकको खोजी गरिरहेको प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्