भद्रपुर ,पुष १४ । लेखनाथ पुस्तकालय भद्रपुरले सधैझै यस वर्ष पनि लेखनाथ जन्मजयन्तीका दिन विभिन्न पुरस्कार तथा सम्मान वितरण गर्ने भएको छ ।

फाइल तस्वीर

पुस्तकालयले पाँच जना ब्यक्तित्वलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो । यस वर्षको श्री प्रसादओली स्मृति साहित्य पुरस्कार कन्काई ३ बस्ने बरिष्ठ साहित्यकार, हास्यव्यङ्ग्य कवि तथा कन्काई क्याम्पस सुरुङ्गाका पूर्व सह–प्राध्यापक कोमलप्रसाद पोखरेललाई प्रदान गरिने भएको हो । जसको राशि एकाउन्न हजार एक सय एघार रुपैंयाँ रहेको छ । यसअघि यो पुरस्कार मित्रप्रसाद दाहाल, डा.इन्दु प्रभा देवी र प्रा.डा भीम खतिवडालाई प्रदान गरिएको थियो ।

त्यस्तै पन्ध्र हजार रुपैयाँ राशिको श्यामकृष्ण कामाक्ष श्रेष्ठ साहित्य सम्मान तथा पुरस्कार
इलाम नगरपालिका बस्ने साहित्यकार सोमप्रसाद निरौला , छ हजार रुपैयाँ राशिको भक्तकिरण साहित्य सम्मान तथा पुरस्कार दमक बस्ने साहित्यकार सुमित्रा बाङ्देल चेली , पच्चीस हजार रुपैयाँ राशिको चुडामणि रेग्मी झर्रो साहित्य पुरस्कार सुशेली साहित्य परिवार र एक हजार रुपैयाँ राशिको छन्दोवद्घ कवि सम्मान पुरस्कार मेचीनगर बस्ने शिशा थारुलाई प्रदान गर्ने निर्णय गरिएको पुस्तकालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्