फास्टफुड , किड्स जोनजस्ता सेवा दिदैँ आएको ‘ह्याप्पी किचन’ को नाम हस्पिटालिटीको क्षेत्रमा नौलो होइन । किनकि ह्याप्पी किचनले बिर्तामोडमा विगत दुईवर्षदेखि पारखीहरुलाई सेवा दिँदै आएको छ । ह्याप्पी किचनले भद्रपुर रोडमा किड्स जोनसहित रेष्टुरेन्ट दुई वर्ष अघिदेखि संचालन गर्दै आएको छ भने मुक्ति चौक उत्तर फास्टफुडको सेवा पनि दिँदै आएको छ । एउटै ब्रान्डमा सबै किसिमका पारखीहरुलाई सम्पूर्ण सेवा दिने उद्धेश्यले ह्याप्पी किचनले तेस्रो प्रयासस्वरुप बिर्तामोडको सिटी सेन्टरमा सुविधा सम्पन्न र पूर्ण पारिवारिक रेष्टुरेन्ट तथा वार विस्तार गरेको छ ।

यस रेष्टुरेन्टमा ५० जनाभन्दा बढी अटाउन सक्ने छुट्टै सभाहल रहेको छ । जुन बर्थडे , सेमिनारलगायतका कार्यक्रमका लागि उपयुक्त रोजाइमा पर्ने विश्वास लिइएको छ ।
त्यस्तै स्वादिष्टसँगै स्वस्थ परिकार खुवाउने मुख्य उद्धेश्य लिएको बताउने संचालकले त्यही भएर लाइभ किचनको व्यवस्था गरेका छन् । लाइभ किचनमा पारखी महानुभावहरुले आफूले अर्डर गरेको परिकार भान्सामा पकाएको आफ्नै आँखाले देख्न सक्नु हुनेछ ।

सबैभन्दा महत्वपूर्ण कुरा स्वदेश तथा विदेशमा अध्ययन र कार्य अनुभव लिएका कर्मचारीहरुले रेष्टुरेन्टमा सेवा दिनेछन् । यसका प्रोपाइटर कृष्टिना भिल्यामिनो प्रसाई हुन् । जो फिलिपिन्समा जन्म लिई होटल म्यानेजमेन्टमा डिग्री गरी विगत १३ वर्षदेखि त्यही क्षेत्रमा कार्यरत रहेकी छन् । उनीसँग फिलिपिन्ससँगै कुवेत र युएईमा काम गरेको अनुभव छ । बिर्तामोडका हिमालय प्रसाईसँग वैवाहिक बन्धनमा बाँधिएकी कृष्टिनाले होटल म्यानेजमेन्टको अध्ययनपछि कुवेतको पाँचतारे आलसफीर होटलमा ४ वर्ष पब्लिक रिलेसन अफिसरको काम गरिन् । त्यसपछि अबुधाबीमा फास्टफुडको काम गरेको अनुभव उनीसँग छ । ‘ हामी ग्राहकको स्वास्थ्यप्रति एकदम कन्सियस छौं ’उनले भनिन् ,‘ त्यसैले कम मसाला र कम तेल भएको खानेकुरामा हाम्रो जोड रहने छ ।’ बढी मसाला र बढी चिल्लो खाँदा नै अधिकांश नेपाली र भारतीयहरु पेटको समस्याबाट ग्रसित हुनु परेको उनको बुझाइ छ ।
आफैले लगानी गरेको रेष्टुरेन्टमा आफू स्वयंले सेवा दिने उनी बताउँछिन् । ‘ग्राहकको इच्छा र चाहनाअनुसारको सेवा दिन स्वयं तत्पर छांै’ उनी भन्छिन् ‘ निकट भविष्यमै अझ राम्रो सेवा विस्तार गर्ने सोच राखेका छौं, कृपया सेवा गर्ने मौका दिनु होला ।’

ह्याप्पी किचनमा उच्च वर्गदेखि निम्न वर्गलाई समेट्ने गरी सेवा उपलब्ध छ । ‘सस्तोदेखि सस्तोसम्म र महँगोदेखि महँगोसम्मका खानेकुरा हामीकहाँ उपलब्ध छ ’ होटलका अर्का संचालक हिमालय प्रसाईले भने ,‘अन्तभन्दा सस्तो नै पाउनु हुनेछ ।’ ह्याप्पी किचनमा नेपाली , इन्डियन , चाइनिज , फिलिपिनोलगायतका खानेकुरासँगै अर्डर अनुसारको सबै परिकार उपलब्ध गराउने उनले बताए ।‘खानाभन्दा पनि इन्स्टेन्ट फुडमा हामी जोड दिनेछौं ’उनले भने ।

उत्कृष्ट सेवा दिएर ग्राहकलाई सन्तुष्ट पार्ने कुरामा कुनै कसर बाँकी नराख्ने संचालकले बताएका छन् । त्यही भएर होटल खोल्नुभन्दा अगाडि पूर्वमै पहिलोपटक फुड टेस्टिङ संचालन गरेका छन् । मंगलबारदेखि संचालन गरिएको फुड टेस्टिङमा करिव दुईसय जनाले निशुल्क रुपमा ह्याप्पी किचनको परिकारको स्वाद चाखेका छन् । उनीहरुले दिएको सल्लाह सुझावलाई आत्मसात गरीे गुणस्तरीय सेवा दिने संचालक प्रसाईले प्रतिबद्धता व्यक्त गरेका छन् ।‘धरैजनालाई धेरे आइटमहरु टेष्ट गराइरहेका छौं’उनले भने ,‘ धेरैजनाले मन पराएको आइटमलाई नै प्राथमिकता दिने छौं ।’
यस रेष्टुरेन्ट एण्ड बार भोलिदेखि विधिवत रुपमा संचालन हुँदैछ । पूर्वी नेपालको मुख्य व्यापारिक केन्द्र बिर्तामोड होटल रेष्टुरेन्टहरुको हब बन्दै गएको छ । होटल रेष्टुरेन्टहरुको भीडमा ग्राहकहरुलाई स्तरीय सेवा दिएर आफ्नो पहिचान बनाउने कुरामा संचालकहरु विश्वस्त छन् । ह्याप्पी किचनमा हालसम्म २ करोडको हाराहारीमा लगानी भइसकेको छ । त्यसमा एक दर्जनभन्दा बढीले रोजगारी पाएको व्यवस्थापक भवानीप्रसाद लम्सालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्