बिर्तामोड, पुस १६ । गत शनिबार झापाको बुद्धशान्तिमा ध्वाँसे चितुवा भेटिएको छ । लोपोन्मुख प्रजातिमा पर्ने उक्त ध्वाँसे चितुवा झापामा भेटिएको पहिलो ध्वाँसे चितुवा हो ।


बुद्धशान्ति गाउँपालिकाको होक्सेमा स्थानीयले ध्वाँसे चितुवा भेट्टाएको र खबर गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले बताए । चितुवा करिव ३६ इन्च लम्बाईको रहेको बताइएको छ । स्थानीयले घेरा हालेर नियनत्रणमा लिएका थिए । बिरालो जस्तो देखिने चितुवा चितुवा केही दिनदेखि गाउँघर नजिकै जंगलमा देखिन थालेपछि स्थानीयले पासो थापेर समातेको र त्यसपछि वनका कर्मचारी जिम्मा लगाएका हुन् ।

चितुवालाई हाल कनकाई नगरपालिकास्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहभित्र प्रदेश सरकारले बनाएको वन्यजन्तु संरक्षण तथा उद्धार केन्द्रमा राखिएको डिभिजन वन कार्यालयका प्रमुख मास्के बताउँछन् । “पहाडी क्षेत्रमा वा चिसो मौसममा बस्न रुचाउने ध्वाँसे चितुवा झापामा पहिलो पटक भेटिएको हाम्रो रेकर्डले देखाएको छ” मास्केले भने, चितुवा पहाडबाट आयो या कुनै समूहबाट छुटेर आयो भन्ने कुरा पत्ता लाग्न सकेको छैन ।”


यो चितुवा अन्य चितुवाको तुलनामा बढी आक्रामकसँगै मांसहारी र ढाड भएको प्रजातिमा पर्छ । ध्वाँसे चितुवा नेपालसहित बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, मलेसिया, म्यानमार, थाइल्यान्ड, भियतनाम लगायत मुलुकमा पाइन्छ । नेपालमै संकटमा रहेको बिरोलो वर्गमा पर्ने ध्वाँसे चितुवा रुखमा धरै समय बस्ने र बाँदर शिकार गरेर आहाराको रुपमा खाने गर्दछ । यसैले ध्वाँसे चितुवालाई किसानको साथी पनि भनिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्