दमक , पुष १७ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यको परिवारको मृत्यु भएपछि सिदा रकम हस्तान्तरण गरेको छ ।

दमक सेवाकेन्द्रअन्तर्गत दमक ५ हरिओम कोलोनीका शेयर सदस्य मिनाकुमारी राई ताजपुरियाका श्रीमानको मृत्युवापतको सिदा रकम ४० हजार आज हस्तान्तरण गरिएको दमक सेवाकेन्द्रका व्यवस्थापक सुजन भण्डारीले बताए ।
मिनाकुमारीका श्रीमान तारीलाल ताजपुरियाको निधन भएको १२ औं दिनको पुण्यतिथिमा सहकारीको टोली घरमै पुगेर रकम हस्तान्तरण गरेको हो । सहकारीको दमक सेवाकेन्द्र व्यवस्थापक भण्डारीसहित व्यवस्थापन उपसमिति सदस्य गिरिराज भट्टराई, मोहन शिवाकोटीलगायतको टोलीले ताजपुरियालाई सिदावापत ४० हजार रुपैयाँ र समवेदना पत्र हस्तान्तरण गरेको हो ।
सहकारीको बिशेष औषधि उपचार कोषमा आबद्ध रहेका बिशेष शेयर सदस्यहरुको श्रीमान वा श्रीमतीको मृत्यु भएमा ४० हजार रुपैयाँ र अभिभावकको मृत्यु भएमा २० हजार रुपैयाँ उपलब्ध गराईने गरिएको सेवाकेन्द्र व्यवस्थापक भण्डारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्