इलाम , पुष १८ । इलाम नगरपालिकाले इलाम नगरक्षेत्रका सुत्केरी महिलाहरुलाई इलाम अस्पताल वा वर्थिङ्ग सेन्टर साँखेजुङ्ग ल्याउन लैजान निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

सुत्केरी महिलाबाहेक अन्य बिरामीको हकमा भने जिल्लास्तरीय एम्बुलेन्स भाडा दर निर्धारण तथा व्यवस्थापन समितिले तोकेको भाडा रकममा इलाम नगरवासीहरुको लागि २० प्रतिशत रकम छुट सुविधा दिने नगरपालिकाले जनाएको छ ।

इलाम नगरपालिकाको आकस्मिक कोषबाट १० लाख ४० हजार ३ सय १७ रुपैयाँमा नेपाल सरकारको राजश्व छुट सुविधामा खरिद गरिएको सोे एम्बुलेन्स सेवा प्राप्त गर्नका लागि मोवाइल नम्बर ९८६९८११११५ मा सम्पर्क गर्नुपर्ने, यदि सो नम्बरमा तत्काल सम्पर्क हुन नसके मोवाइल नं. ९८५२६ ८१२३६ मा सम्पर्क गर्न सकिनेछ । यस एम्बुलेन्सले इलाम नगरक्षेत्रका सुत्केरी महिलाहरुलाई प्राथमिकताका साथ सेवा दिने इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्