बिर्तामोड , पुष १८ । बिर्तामोड ५ स्थित जनश्रुती महिला बचत तथा ऋण सहकारी संस्थाले कोरोना कहरका बीच प्रगतिका हिसाबले अग्रगामी छलाङ मारेको छ । संस्थाले कोरोना कहरका बीच दोब्बरबढी नाफा र वासलात पनि भण्डै दोब्बर बृद्धि गर्न सफल भएको हो ।

गत वर्ष संस्थाले ७ लाख १ हजार २४२ रुपैयाँ खुदनाफा गरेको थियो भने यस वर्ष त्यसको दोब्बर बढी १८ लाख १७ हजार ७६० रुपैयाँ नाफा गर्न सफल भएको हो । त्यस्तै गत वर्ष २ करोड ३९ लाख ८८ हजार ६९५ रुपैयाँ वासलात रहेको सो सहकारीले यस वर्ष ४ करोड ५५ लाख ४९ हजार १४६ रुपैयाँ वासलात पुर्याएको छ । सहकारीको सातौं वाषर््िाक साधारणसभामा प्रगति प्रतिवेदन पेस गर्दै संस्थाकी अध्यक्ष तुलकुमारी राजवंशीले सो जानकारी दिएकी हुन् । प्रतिवेदनमा संस्थाको शेयर पूँजी ९३ लाख २३ हजार ३९६ र कर्जा लगानी ३ करोड ९७ लाख ५९ हजार ३४२ रुपैयाँ रहेको उल्लेख छ । हाल संस्थामा १९४९ जना शेयर सदस्य रहेका छन् । संस्थाको भवनको लागि जग्गा खरिद गर्ने , महिलाहरुसँग भएका परम्परागत सीपलाई प्रवद्र्धन गरी महिलालाई स्वरोजगार बनाउनेजस्ता कार्यक्रमहरु ल्याउने, सामाजिक संस्था स्थापना गर्नेजस्ता उद्धेश्य रहेको अध्यक्ष तुलकुमारीले जानकारी दिइन् । कार्यक्रमको उद्घाटन गर्दै बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले संस्थाले गरेको प्रगतिको प्रशंसा गरे । उनले महिलाले संचालन गरेको सहकारीले एक वर्षमा वासलात दोब्बर बृद्धि गर्नु कायापलट भएको बताए ।

त्यस्तै झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले संस्थाको उन्नति प्रगतिप्रति खुशी व्यक्त गर्दै निरन्तर अघि बढ्न र कारोवार पारदर्शी गर्न सुझाव दिए । कार्यक्रममा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीले पनि शुभकामना मन्तब्य राखेका थिए । ममताकुमारी राजवंशीे संचालन गरेको कार्यक्रममा स्वागत अनिता कार्की बस्नेतले गरेकी थिइन् ।
यसैबीच साधारणसभासँगै भएको दोस्रो अधिवेशनले संस्थाको अध्यक्षमा पुनः तुलकुमारी राजवंशीलाई सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा विमला चौधरी, सचिव ममताकुमारी राजवंशी , कोषाध्यक्ष आनन्दी राजवंशी तथा सदस्यहरुमा अनिता कार्की बस्नेत , सुष्मा राजवंशी , शर्मिला राजवंशी , पूर्णकुमारी राजवंशी , कमला अधिकारी भट्टराई , सीता मगर न्यौपाने र इन्द्रादेवी अधिकारी रहेका छन् ।

त्यस्तै सावित्रा राजवंशी संयोजक, सरु राजवंशी र भगवती मेचे सदस्य रहेको लेखा समिति पनि निर्वाचित भएको निर्वाचन समितिका सदस्य युवराज ढकालले बताए । निर्वाचन गराउन डिल्ली दाहालको संयोजकत्वमा युवराज ढकाल र ज्ञानेन्द्र कर्ण सदस्य भएको निर्वाचन समिति बनाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्