दमक, पुष १९ । मोरङको उर्लाबारी –४ मा शनिबार साँझ भएको दुर्घटनामा परी दमक ४ का ३२ बर्षिय प्रदीप कार्कीको मृत्यु भएको छ ।

पश्चिमतर्फ आउँदै गरेको को १ ख ६२७८ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्