मेचीनगर,पुष २० । झापाको मेचीनगर नगरपालिकामा आगामी शुक्रबारदेखि राष्ट्रिय परिचयपत्रका लागि आवश्यक पर्ने विवरण दर्ता शुरु हुने भएको छ ।

सोमबार नगरपालिकाको सभाहलमा आयोजित राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियानको छलफलमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवण्कुमार तिमिल्सिनाले यस्तो जानकारी दिएका हुन् ।
प्रजिअ तिमिल्सिनाले सफलताको शुभकामना व्यक्त गदैं अहिले झापाका नौवटा पालिकामा अभियान शुरु गरिएको र ६ वटामा करीव सम्पन्न भइसकेको जानकारी दिए । अब मेचीनगर नगरपालिका, बुद्घशान्ति र कमल गाउँपालिकामा राष्ट्रिय परिचयपत्रका लागि आवश्यक पर्ने विवरण दर्ता अभियान शुरु गर्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्