दमक, पुष २० । झापाको दमक नगरपालिका–६ बेलडाँगीबाट ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका–८ का २१ बर्षीय बिक्रम लम्जेल र रतुवामाई नगरपालिका–८ का २२ बर्षीय रोशनकुमार मग्राती रहेका छन् ।

ईलाका प्रहरी कार्यालय दमकबाट गस्तीमा खटिएको प्रहरी टोलीले गएराति १० बजे शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको थियो । उनीहरुको साथबाट एक ग्राम ३९० मिलिग्राम ब्राउनसुगर र नगद दुई हजार चार सय रुपैंयाँ बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्