कनकाई , पुष २० । कनकाई नगरपालिकास्थित अमरपथ सडकमा आज दिउँसो ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का सख्त घाइते भएका छन् ।

कनकाई ५ स्थित अमरपथ सडकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा २ ख ९२८४ नं को ट्रिपरले विपरित दिशाबाट आउँदै गरेको को ६ प २०८५ नं को मोटरसाइकललाई टेक्रा चोकमा ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक झापा गाउँपालिका ३ बस्ने २० वर्षिय सागर लिम्बूको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३८ वर्षिय गोपाल लिम्बु सख्त घाइते भएका छन् । उनको बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न ट्रिपर र त्यसका चालक कनकाई २ बस्ने भीमबहादुर दर्जीलाई सुरुङ्गा प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मुकुन्द रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्