राजगढ , पुष २० । बाह्रदशी गाउँपालिका १ नं वडा कार्यालयको आयोजनामा एकदिने निशुल्क आँखा शिविर आज सम्पन्न भएको छ ।

मेची आँखा अस्पताल बिर्तामोड ३ सैनिकमोडको प्राविधिक सहयोग रहेको शिविरमा १९५ जनाको आँखाको परीक्षण गरिएको थियो ।त्यसमध्ये २८ जनालाई मोतिया विन्दु भेटिएकाले उनीहरुलाई शल्यक्रियाका लागि मेची आँखा अस्पताल बिर्तामोड लगिएको छ । गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीले आँखा शिविरको उदघाटन गरेकी थिइन् ।

वडाध्यक्ष शम्भुसिंह राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईलगायतको उपस्थिति रहेको थियो । मेची आँखा अस्पतालकी कविता कार्की कडरिया नेतृत्वको टोलीले आँखा परीक्षण गरेको थियो । विरामीहरुलाई खाना ,यातायातदेखि मोतिविन्दुको शल्यक्रिया पनि निशुल्क गरिने वडाध्यक्ष राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्