इलाम , पुष २१ । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ ।

आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादलाई लिएर श्रीमतीलाई खुकुरीले घाटीमा प्रहार गरी हत्या गर्ने पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको हो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको र शव पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्