शिवसताक्षी , पुष २१ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा आज विहान यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार शिवसताक्षी ८ स्थित पूर्वपश्चिम राजमार्गमा को १ ख ६०९८ नं को बसले ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी बराह क्षेत्र ७ बस्ने २९ वर्षीय ज्ञानेन्द्र तामाङ र पछाडि सवार इटहरी ५ की २८ वर्षिया सलिना राईको मृत्यु भएको हो ।घाइते दुवैको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सो बसले विपरीत दिशाबाट आएको प्रदेश १—०२—०४३प ९२१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि बस र बस चालक मोरङ कानेपोखरी ७ बस्ने २७ वर्षिय नवीन खड्कालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।