बिर्तामोड, पुष २१ । नेकपाको विभाजनसँगै दुई चिरामा पुगिसकेको अनेरास्ववियूको प्रधानमन्त्री केपी आली समूहले बिर्तामोडमा जिल्ला भेला सम्पन्न गरेको छ ।

भेलामा ओलीपक्षीय विद्यार्थीहरुको सहभागिता रहेको थियो । विभिन्न शैक्षिक संस्था र पालिकाहरुबाट भेला भएर विधार्थीहरुले बिर्तामोडमा प्रभातफेरी निकालेका थिए । उनीहरुले ओलीले गलत व्यक्तिबाट मुलुकलाई जोगाएर जनतालाई सुम्पिएकोमा स्वागत गरेका छन् । जिल्ला भेलालाई अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले सम्बोधन गर्दै आफूले नेतृत्व गरेको संगठन नै नेपाली विधार्थी आन्दोलनको मुल प्रवाह रहेको बताए । नेकपामा देखिएको विवादले विधार्थी संगठनमा समेत अराजकता हावी भएको भन्दै उनले प्रगतिशील विधार्थीलाई अलमलमा नपर्न आग्रह गरे । उनले झापाका अधिकांश विधार्थीलाई आफ्नो समूहको अनेरास्ववियूमा गोलबन्ध हुन आग्रहसमेत गरे ।

भेलालाई संगठनका केन्द्रीय उपाध्यक्ष सुनिता बराल, पार्टीका झापा जिल्ला अध्यक्ष चिन्तन पाठक, पूर्व विधार्थी एवम् पार्टी नेता शिव ढुङ्गेल, विधार्थी नेताहरु कल्पना वाइबा, डम्बर अधिकारी, मनोज ताम्लीलगायतले सम्बोधन गरेका थिए । ओली समूहको सो भेलालाई प्रचण्ड–नेपाल समूहका विधार्थीले रोक्न प्रयास गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्