झापा , पुष २२ । झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाको सरुवा भएको छ ।

उनको अपराध महाशाखा, काठमाडौंमा सरुवा भएको हो।अब झापाको प्रहरी उपरीक्षकमा सानुराम भट्टराई आउने भएका छन्। भट्टराई अख्तियार अनुसन्धानबाट झापा आउने भएका हुन्।
कोइराला गत वर्ष पुष ५ गते झापाको प्रहरी उपरीक्षक भएर आएका थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा प्रहरीको नेतृत्व सम्हाल्न आएका थिए।बिर्तामोडको प्रहरी नायव उपरीक्षकको जिम्मेवारी सम्हालेर उनी त्रिभुवन विमानस्थल गएका थिए। सरुवा नियमित प्रक्रिया भएको कोइरालाले बताएका छन्। कोइराला झापामा लोकप्रियता कमाएका उच्च प्रहरी अधिकृत हुन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्