भद्रपुर, पुष २२ । अवैध रुपमा शिकार खेल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल झापाले हतियारसहित एक व्यक्तिलाइ पक्राउ गरेको छ ।

कचनकवल ७ स्थित पाथिभरा सामुदायिक वनमा अवैध हतियारसहित केहि व्यक्ति शिकार खेल्दै गरेकोे सूचनाका आधारमा विओपी पृथ्वीनगरका सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको कमाण्डमा खटिएको टोलीले कचनकवल ७ खुट्टामारी बस्ने ३२ वर्षिय मनिष माङमुलाइ पक्राउ गरेको हो ।उनको साथवाट भरुवा बन्दुक थान १ , केप थान ८, टल्लो थान ६, छर्रा थान ८,लाइटर थान १ र मेजर चुरोटको बट्टा थान १ बरामद गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय झापामा आवश्यक कारवाहीको लागि बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए ।