पाँचथर, पुष २२ । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं २ स्थित इम्बुङमा १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको शालिक निर्माण गर्न थालिएको छ ।

इम्बुङका स्थानीय तथा विदेशमा बस्दै आएका बासिन्दाहरुको अगुवाईमा महागुरुको शालिक राख्न लागिएको हो । इम्बुङ घर भई हाल काठमाडौंमा बस्दै आएका समाजसेवी भीमप्रसाद नेम्बाङको अध्यक्षतामा एक निर्माण उपभोक्ता समिति गठन गरी काम थालिएको छ ।
समितिको उपाध्यक्ष गजेन्द्र नेम्बाङ, सचिवमा सागर नेम्बाङ,सहसचिवमा दिपक नेम्बाङ र कोषाध्यक्षमा कला चेम्जोङ रहेका छन् ।

समितिका अध्यक्ष नेम्बाङका अनुसार एक महिनादेखि शालिक बनाउने कार्य धमाधम भईरहेको छ । शालिक १३ फिट अग्लो पूर्ण कदको हुने छ । शालिक यहि चैत्रभित्रमा स्थापना गरी उद्घाटन गरिने तय भएको अध्यक्ष नेम्बाङले बताए ।
शालिक इम्बुङको हाङसाङवरक पोखरीको जमिनमा राखिने र त्यसका लागि वडा कार्यालयले गत असोजमा नै जग्गा व्यवस्थापन गरिसकेको वडाध्यक्ष बहादुरसिंह नेम्बाङले जानकारी दिए ।
महागुरुका अनुनायीहरुको सक्रियतामा बन्न लागेको शालिक निर्माण गर्न स्वदेश तथा विदेशमा बस्दै आएका इम्बुङेलीबासीहरुबाट स्वेच्छिक सहयोग जुट्न थालेको अध्यक्ष नेम्बाङले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्