मेचीनगर , पुष २२ । मेचीनगरबाट प्रतिबन्धित लागु औषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

आज दिउँसो ४.३० बजे मेचीनगर १०धुलाबारी चोकमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मेचीनगर १० बस्ने २८ वर्षिय सन्तोषकुमार शर्मालाई पक्राउ गरेको छ । आफ्नो शरीरको विभिन्न भागमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा २.६ ग्राम ब्राउन सुगर फेला पारी ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । त्यस्तै मेचीनगर नगरपालिका–१० धुलावारीबाट ब्राउनसुगरसहित अर्का ब्यक्ति पनि पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पौने २ बजे मेचीनगर नगरपालिका–१० का ३२ बर्षीय मोहम्मद मुस्तफालाई एक ग्राम ९०० मिलिग्राम लागूऔषध ब्राउसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका मुस्तफाको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्