बिर्तामोड, पुष २३ । बिर्तामोड १० सैनिकबजारस्थित ज्ञानकुञ्ज सार्वजनिक पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।

पुस्तकालयका अध्यक्ष ओमप्रकाश श्रेष्ठको अध्यक्षता तथा वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा सदस्य भक्तसिंह राजवंशी , पुस्तकालयका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।सचिव पृथ्वी बस्नेतले संचालन गरेको कार्यक्रममा स्वागत सल्लाहकार रुपनारायण मुखियाले गरेका थिए भने शुभकामना मन्तब्य मखन गुरुङलगायतले राखेका थिए । कार्यक्रममा पुरानो ११ सदस्यीय समिति विघटन गरिएको छ ।

नयाँ समिति एक साताभित्र निर्माण हुने सदस्य शोभा राउतले बताइन् । कार्यक्रममा पुरानो समितिमा रहेकाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । २०६२ सालमा स्थापना भएको सो पुस्तकालय संरक्षण र संबद्र्धनको पर्खाइमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्