दमक, पुष २३ । दमक ८ स्थित कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको आगामी कार्यकालका लागि पुनः मणिकुमार भण्डारीको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ ।

संस्थाका प्रमुख व्यवस्थापक निलकण्ठ निरौलाका अनुसार बिहीबार सम्पन्न निर्वाचन कार्यक्रमअन्तर्गत भण्डारीको अध्यक्षतामा सञ्चालक समिति र गंगाप्रसाद संग्रौलाको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको हो ।

संस्थाको उपाध्यक्षमा भरतकुमार चम्लागाईँ, सदस्यहरुमा विमल निरौला, इन्द्रप्रसाद खनाल , कृष्णराज थापा , लोकनाथ अधिकारी, चेतनाथ रिजाल, निर्मला आचार्य, हेमकुमारी कोइराला , कल्पना राई र पुण्यप्रसाद नेपाल निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी संग्रौलाको संयोजकत्वमा रहेको गठित लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा नरेन्द्र दाहाल र सुशीला गौतम निर्वाचित भएको व्यवस्थापक निरौलाले जनाएका छन् ।
दमकमा मुख्य कार्यालय रहेको सो सहकारीले आफना शेयर सदस्यहरुको सुविधाका लागि गौरादह बजार र शिवसताक्षीको डुँडामारीमा सेवाकेन्द्र सञ्चालन गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्