झापा, पुष २४ । सरुवा भएर जान लागेका झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला र बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजाललाई आज सामूहिक विदाइ गरिएको छ ।

बिर्तामोडमा एक कार्यक्रम गरी २० वटा संस्थाले उनीहरुलाई सामूहिक विदाइ गरेका हुन् । सहारा नेपाल , बिर्तामोड उद्योग वाणिज्य संघ , बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ,युनिकम नेपाल , झापा गोल्डकप , नेपाल रेडक्रस सोसाइटी , राष्ट्रिय उपभोक्ता मंच , चेम्बर अफ कमर्श , नेपाल अलैची व्यवसायी संघ , क्षितिज नाट्य समूह , वीरता जेसीज , वीरता लेडी जेसीज , रोटरी क्लव अफ बिर्तामोड , रोटरी क्लब अफ बिर्तामोड मिडटाउन , लायन्स क्लव अफ बिर्तामोड लेडी , महिला चेम्बर अफ कमर्श , छठ समाज सेवा समिति , पूर्वाञ्चल प्लाइउड संघ , इनरह्वील क्लब , एबीसी नेपाल , जिल्ला सहकारी संघ र संवाद समूहले प्रहरी उपरीक्षक कोइराला र प्रहरी नायव उपरीक्षक रिजाललाई सामूहिक विदाइ गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कोइराला महानगरीय अपराध महाशाखा काठमाडौं सरुवा भएका हुन् । उनको ठाउँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय , प्रहरी महाशाखा टंगालबाट सानुराम भट्टराई आउने भएका छन् । कोइराला गत वर्ष पुष ५ गते झापाको प्रहरी उपरीक्षक भएर आएका थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा प्रहरीको नेतृत्व सम्हाल्न आएका थिए। बिर्तामोडको प्रहरी नायव उपरीक्षकको जिम्मेवारी सम्हालेर उनी त्रिभुवन विमानस्थल गएका थिए। सरुवा नियमित प्रक्रिया भएको कोइरालाले बताएका छन्। कोइराला झापामा लोकप्रियता कमाएका उच्च प्रहरी अधिकृत हुन्।

त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजाल जिल्ला प्रहरी कार्यालय दाङ सरुवा भएका छन् । रिजालले विवादमा नपरी बिर्तामोडमा रहेर राम्रो काम गरेका थिए । उनको ठाउँमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगंजबाट सन्तोष आचार्य आउने भएका छन् ।
देशभरिका ३० प्रहरी उपरीक्षक र ६९ प्रहरी नायव उपरीक्षकको सरुवा भएको छ ।यसक्रममा झापाका प्रहरी उपरीक्षकसहित तीनजना प्रहरी नायव उपरीक्षक पनि सरुवामा परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्