झापा , पुष २४ । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् ।

गएराति ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१४ धाइजनबाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका–११ का ३३ बर्षीय हरि राजवंशी र गौरादह नगरपालिका–९ का २७ वर्षिय निराजन पौडेललाई तीन ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले गएराति नै शिवसताक्षी नगरपालिका–१० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, कचनकवल ६ बनियानीका २६ बर्षीय मदन मैनाली र सप्तरी सप्तकोशी गाउँपालिका–१ फत्तेपुरका १७ बर्षीय अम्बर बराललाई ९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्