दमक , पुष २४ । लाईफलाईन अस्पताल दमकले आफ्नो २२ औं बार्षिक उत्सव मनाएको छ ।

१ सय शैय्याको दमकको एकमात्र अस्पताल लाईफलाईनले शुक्रबार अस्पताल परिसरमा औपचारिक कार्यक्रम गरी आफ्नोे बार्षिक उत्सव मनाएको हो ।
अस्पतालका अध्यक्ष डा. तिलकचन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका पूर्व मेडिकल डाईरेक्टर डा. मुक्तिनाथ भट्टराई, संस्थापक अध्यक्ष शेरबहादुर भट्टराई, सञ्चालक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
आफ्नो बार्षिक उत्सवको अवसर पारेर अस्पतालले शुक्रबारबाटै फिजियोथेरापी सेवा समेत सुरु गरेको अस्पतालका सञ्चालक राजकुमार भट्टराईले जानकारी दिए । फिजियोथेरापीको सेवा पनि स्वास्थ्य बिमाबाट नै लिन सकिने पनि उनले बताए । त्यस्तै अस्पतालले सुरु गर्न लागेको डायलोसिस सेवाको समेत अन्तिम तयारी भैसकेको र केही दिनभित्रमै सुरु गरिने पनि उनले जानकारी दिए । सेवाग्राहीहरुलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न आफूहरु सदैब प्रतिबद्ध रहेको भन्दै उनले आगामी दिनमा अझ नयाँ प्रबिधि र सेवाहरु विस्तार गर्दै लैजाने योजना रहेको समेत बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्