बिर्तामोड , पुष २४ । प्रतिदिन दैनिकमा प्रकाशित समाचारको विषयमा अत्यन्त तल झरेर सामाजिक संजालमा सम्पादक इन्द्रसिंह राजवंशीलाई गालीगलौच गर्नेे कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले माफी मागेका छन् ।

उनले आज एक प्रेस विज्ञप्ति जारी गरी प्रतिदिन दैनिकका सम्पादक राजवंशीलाई भावावेशमा आएर आफूले ठेस पुग्ने गरी सामाजिक संजालमा अपशव्द प्रयोग गरेको भन्दै प्रयोग गरिएका शव्दहरुलाई फिर्ता लिएर माफी मागेका हुन् । राजवंशी जातिका दुईवटा संस्थाले दुई दिन भक्का दिवस मनाउन लागेको समाचार प्रतिदिन दैनिकले प्रकाशित गरेको थियो । समाचारमा कुनै पनि संस्थामाथि आक्षेप लगाइएको थिएन । तर , उनले सामाजिक संजालमा आचरणभन्दा तल गिरेर अत्यन्त निकृष्ट शव्द प्रयोग गरेका थिए । नेपाल पे्रस युनियन माई पश्चिम समिति र आदिबासी पत्रकार संघले विज्ञप्ति निकालेर त्यस्तो गलत हर्कत गर्नेमाथि कानुनी कार्वाहीको माग गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्