शिवसताक्षी , पुष २६ । गएराति झापाको शिवसताक्षी नगरपालिका १ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मे ३ प ९८९६ नंको मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । राति साढे ८ बजेतिर भएको धरमपुर– कमल खोला सडकखण्डमा दुर्घटनामा परी मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का छविरमण ढकालको मृत्यु भएको हो । दमकबाट मोटरसाइकलमा पूर्वतर्फ आउँदै गरेका ३३ वर्षीय ढकालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्