झापा, पुष २६ । विभिन्न मुद्धाका तीन फरार प्रतिवादी पक्राउ परी जेल चलान भएका छन् ।

जेल चलान हुनेमा कर्तव्य ज्यान , सवारी ज्यान र बहुविवाहका एक–एक जना प्रतिवादी रहेका छन् । कर्तव्य ज्यान मुद्धामा फरार रहेका भुटानी शरणार्थी बेलडाँगी शिविर २ का सेक्टर जी ४ छाप्रा नं ७८ बस्ने ४० वर्षिय देवीचरण धौरालीलाई प्रहरीले शनिबार लहानबाट पक्राउ गरेको थियो । उनलाई अदालतले २०६९ जेठ २ गते १० वर्षको कैद सजाय सुनाएको थियो ।

त्यस्तै सवारी ज्यान मुद्धाका प्रतिवादी गौरादह ५ घर भई दमक १ बस्ने अर्जुन ताजपुरिया शनिबार दमक १ बाट पक्राउ परेका थिए । उनलाई अदालतले २०७५ चैत २८ गते दुई वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

त्यस्तै वहुविवाह मुद्धाका प्रतिवादी गौरादह ९ बस्ने ३९ वर्षिय गणेशप्रसाद घिमिरे पनि शनिबार नै पक्राउ परेका छन् । उनलाई अदालतले २०७५ चैत १४ गते दुई वर्ष कैद सुनाएको थियो । तीनैजना प्रतिवादीलाई आइतबार जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्