माई , पुष २७ । इलामको माई नगरपालिका वडा नम्बर–४ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।

वडाभित्रका ४३ जना ८० वर्ष माथिका जेष्ठ नागरिकलाई घर–घरमा गई न्यानो कपडा वितरण गर्न थालिएको वडा सदस्य महेन्द्र बुढाथोकीले जानकारी दिए । वडाभित्रका सबैको घरमा गई फलफूलसहित महिला जेष्ठलाई सुईटर र बर्की तथा पुरुष जेष्ठलाई ज्याकेट र टोपी वितरण गरिएको सदस्य बुढाथोकीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्