दमक , पुष २७ । नेपाली कांग्रेस दमक नगर समितिले बर्षेनि गर्दै आएको वनभोज कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको छ ।

पार्टीको नगर समितिको क्यालेण्डरमै हरेक बर्ष पुष २७ मा वनभोज कार्यक्रम गरिने तोकिएअनुसार सोमबार दमक ४ स्थित भट्टराई कुलवंश प्रतिष्ठान परिसरमा समसामयिक राजनीतिक परिवेशमा कांग्रेसको भूमिकाका बिषयमा अन्तरक्रियासहित नाचगान गरेर वनभोज गरिएको हो ।

पार्टी केन्द्रिय सदस्य तथा पूर्वमन्त्री केशबकुमार बुढाथोकीको प्रमुख उपस्थिति र पार्टी नेता, कार्यकर्ता, भातृ संघ, शुभेच्छुक संघसंस्था समेतको सहभागितामा पुनर्मिलन कार्यक्रमसहित वनभोज सम्पन्न गरिएको कांग्रेस दमकका नगर सभापति रोशन विष्टले जानकारी दिए ।
वनभोज कार्यक्रममा गायिका जुनु प्रसाईंसहित बिभिन्न कलाकारहरुले आप्mनो प्रस्तुती दिएको कांग्रेस नगर सचिव तथा वनभोज आयोजक समितिका संयोजक प्रकाश प्रसाईँले बताए । कार्यक्रममा कांग्रेसका स्थानीय नेता कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्