दमक, पुष २७ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दमक नगरपालिका वडा नम्बर ४ का ३६ बर्षिय कृष्ण ओझाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका प्रहरीका अनुसार गत आइतबार साँझ दमक ४ कृष्णमन्दिर सडकखण्डमा साइकलमा सवार ओझालाई को १ क २८७७ नम्बरको ग्याँस बोकेको ट्रकले ठक्कर दिएको थियो । घाईते ओझाको उपचारको क्रममा बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा मृत्यु भएको हो ।
ठक्करवाट घाईतेलाई ना. ४ ख. १४४८ नम्बरको ट्रकले पुनः ठक्कर दिएको थियो । प्रहरीले ठक्कर दिने दुवै ट्रकलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै कन्काई नगरपालिका–७ दुर्गापुरमा मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । आईतवार बेलुका साँढे ६ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ८० प ७६५ नम्बरको मोटरसाईकलले पैदलयात्री दोलखाको कालिङचोक–८ बस्ने ८० बर्षीय बृद्ध खगेन्द्र शिवाकोटीलाई ठक्कर दिएको थियो । घाईते बृद्धको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

त्यस्तै सोमबार विहान कमल गाउँपालिका ५ रतुवा पुल नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश न २ ०३ ००१ ख २००८ नम्बरको ट्रिपरले सोही दिशातर्फ जाँदै गरेको मे १० प ३३८४ नम्बरको स्कुटीलाई ठक्कर दिँदा त्यसका चालक दमक ६ की ३९ बर्षीया हिमा धिताल गम्भीर घाइते भएकी छिन् । उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्रिपर र चालक मोरङ सुन्दरहरैचा नगरपालिका १० बस्ने ३३ बर्षीय राजेश ऋषियासनलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्