मोरङ, पुष २७ । मोरङका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका –१० बाट २ जना तथा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका साँढे ६ बजे ४ ग्राम ४९० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित हनुमाननगर कंकालिनी नगरपालिका–६ का २२ बर्षीय धर्मेन्द्र रजक र भारतीय नागरिक २२ बर्षीय मोहम्मद अफरोजलाई पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका साँढे ७ बजे रतुवामाई नगरपालिका–१० का २७ बर्षीय धजिन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका–३ की २० बर्षीया कबिता लिम्बुलाई १४ ग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्