भद्रपुर , पुष २८ । जवर्जस्ती करणी मुद्धाका एक फरार प्रतिवादी पक्राउ परी जेल चलान भएका छन् ।

जेल जानेमा साविक शनिश्चरे गाविस ९ बस्ने लीलाबहादुर कार्की रहेका छन् । उनलाई उच्च अदालत विराटनगर इलामको इजलाशले २०७४ पुष २६ गते ५ वर्ष कैद सजाय तोकेको थियो । घटनापछि फरार रहेका कार्कीलाई सोमबार आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई कैद भुक्तानका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्