भद्रपुर , पुष २९ । भद्रपुरस्थित कुखुरा फार्ममा आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ ।

गएराति ९ बजे भद्रपुर नगरपालिका वडा नं.३ पैतिसलाइनमा कुलबहादुर बिष्टले संचालन गरेको बोईलर कुखुराको फार्ममा अचानक विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट फार्मभित्र रहेका एकसय पचासवटा बोईलर कुखुरा तथा फार्म पूर्णरुपले जलेर नष्ट हुँदा चार लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीयबासी,नेपाल प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा राति ९.३० बजे नियन्त्रणमा आएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्