धुलाबारी ,पुष २९ । मेचीनगर–१० स्थित धुलाबारीमा केन्द्रीय कार्यालय रहेको जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको शेयर पूँजी १ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

आ.व. २०७७–०७८ को बजेट अन्तर्गत निक्षेपतर्फ ५० लाख रुपैयाँ रहेको छ । जसमा जगेडा कोषमा १ करोड रुपैयाँ पुगेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । कोरोना महामारीपछि संस्थाको आर्थिक गतिविधि विस्तारै चलायमान हुँदै गएको संस्थाका अध्यक्ष विष्णुकुमार लिम्बूले साधारणसभामा जानकारी गराए ।
संस्थाको ११ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको हो । संस्थालाई सबल र फराकिलो बनाउन थप सेवाकेन्द्र खोल्ने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोगलाई निरन्तरता दिइने प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका अध्यक्ष लिम्बूका अनुसार संस्थाको कारोवारलाई पारदर्शी बनाउन क्लाउडमा लगिने छ । जसले सहकारी भवनमा कुनै प्रकारको दैवी विपत्ति, दुर्घटना आदि हुँदा कोरोवार सुरक्षित रहन्छ ।
संस्थाको कार्यालयमा प्रतिनिधिमूलक रुपमा आयोजना गरिएको साधारणसभाको उद्घाटन सहकारीका संस्थापक अध्यक्ष चन्द्रकुमार भट्टराईले गरेका थिए ।

सभाको खुल्लासत्रमा प्रमुख अतिथि भट्टराई, विशेष अतिथि मेचीनगर वडा नम्बर ५ का अध्यक्ष योगेन थापा मगर, १० का अध्यक्ष सुदय पनेरु, संस्थाका निवर्तमान अध्यक्ष चुडामणि बराल, पूर्व डिएसपी प्रेम लामालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
लेखा समिति संयोजक डिल्ली खनालद्वारा लेखा प्रतिवेदन प्रस्तुत भएको सभाको उद्घाटन सत्रमा व्यवस्थापक सुन्दरबहादुर मगरले स्वागत तथा सञ्चालन सचिव सुभाष गुरुङले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्