इटाभट्टा माघ १ । मगर समुदायले आफ्नो प्रमुख पर्व मकर सकराँती आज विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् ।

नेपाल मगर संघ प्रारम्भिक समिति काँकरभिट्टाले पट्टन प्राणी कल्याण बौद्ध बिहार (गुम्बा) मा विविध कार्यक्रमका साथ सो पर्व मनाएको हो ।‘माघे सकराँती महान् चाड मनाउँदै अघि बढौं, मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं’ भन्ने मूल उद्घोषसहित उक्त पर्व मनाइएको हो ।गुम्बा परिसरमा पर्व विशेष शुभकामना आदानप्रदान तथा मगरात साँस्कृतिक कार्यक्रम गरिएको संघका मेचीनगर सल्लाहकार कृष्ण सिञ्जाली मगरले बताए । संघका जिल्ला सदस्य गम्भीरध्वज थापा मगरको प्रमुख आतिथ्य एवं मेचीनगर अध्यक्ष विकास थापा मगरको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम भएको थियो ।
त्यसक्रममा संघका नगर सल्लाहकार सुन्दरबहादुर राना मगर, गुम्बाका अध्यक्ष धनबहादुर राना मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमका वक्ताहरुले आफ्नो संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज, रहनसहन, भाषा, भेषभूषालगायतको संरक्षण र सम्वद्र्धनका लागि एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए ।
सो अवसरमा संघका नगर सहसचिव कर्ण थापा मगर, सल्लाहकार दीपक थापा मगर, गुम्बाका उपाध्यक्ष काजी राना मगरलगायतको आतिथ्यता थियो ।

मेचीनगर–८ स्थित गुम्बा परिसरमा आयोजित कार्यक्रममा मगर समुदायको जातीय पहिचान झल्काउने विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।त्यस्तै, मगर समुदायका बालबालिकाहरुले मनोरञ्जनात्मक विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए भने प्रतियोगितात्मक विविध खेलमा उत्कृष्ट हुनेहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।आयोजक समितिका अध्यक्ष रुपेश राना मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत सचिव लक्षु थापा मगर र सञ्चालन सदस्य राकेश थापा मगरले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्