भद्रपुर, माघ ३ । भद्रपुर नगरपालिकाको ९ नम्बर वडा कार्यालयको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा मुटु, मिर्गाैला, मधुमेह, फोक्सो र उच्च रक्तचापसम्बन्धी निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, एचयुजी जेनेभा र केएचडीसी नेपालको सहयोगमा सञ्चालित शिविरमा प्रा. डा.सञ्जीवकुमार शर्माको नेतृत्वमा उपचार सेवा प्रदान गरिएको थियो ।
सो शिविरबाट विभिन्न स्वास्थ्य समस्या भएका एक हजार दुई सय ५० जनाले निशुल्क सेवा लिएको वडा सदस्य नुतन पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्