बिर्तामोड , माघ ३ । पाँचथरको च्याङथापु घर भई बिर्तामोड ३ मा बस्दै आएका मिर्गौलापीडत तिलबहादुर गुरुङलाई उपचार सहयोग प्रदान गरिएको छ ।

बेलायतमा बस्दै आएका पाँचथर च्याङथापुका भुपू सैनिकहरुले पठाएको ३ लाख १९ हजार ७७५ रुपैयाँ मिर्गौलापीडत गुरुङलाई हस्तान्तरण गरिएको हो । बेलायतमा रहेकाहरुले च्याङथापु समाज गठन गरेका थिए । त्यही समाजले १ सय २० जनाबाट संकलन गरी रकम पठाएको थियो । बेलायतबाट पठाएको रकम आज पीडितलाई बुझाइएको बिर्तामोड ३ का राजु चाम्लिङले बताए । बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौलाले सो रकम हस्तान्तरण गरेका हुन् । त्यसैगरी च्याङथापु फलैचा समाजका अध्यक्ष सरोजकुमार अधिकारीको अग्रसरतामा पनि आर्थिक संकलन भइरहेको जनाइएको छ । गुरुङको दुईवटै मिर्गौला बिग्रिएको छ । करिव ५ महिनाअघि आफ्नो दुईवटै मिर्गौला विग्रिएको उनले थाहा पाएका थिए । हाल उनको ओमसाई पाथीभरा हस्पिटल भद्रपुरमा डाइलोसिस भइरहेको चाम्लिङले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्