दमक, माघ ४ । दमक ६ स्थित लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १० औ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

शनिवार शिवसताक्षीको धार्मिक तथा पर्यटकीयस्थल दोमुखामा एक कार्यक्रम गरी बार्षिकोत्सव मनाएको व्यवस्थापक कुवेर तुम्बापोले जानकारी दिए ।

बार्षिकोत्सव कार्यक्रममा सहकारीका अध्यक्ष पदम लिङदेन (संकल्प ) ले सहकारीको कानुनी व्यवस्था र समसामयिक विषयसम्बन्धी विचार राखेका थिए । त्यस्तै सचिव दिलीप जवेगुले संस्थागत गतिविधि ,आगामी योजना तथा कार्य तयारी र पूर्व सचिव देशराज नेम्बाङले संस्थाको आपसी समन्वयकाबारे तथा लेखा सदस्य विरवहादुर लाओतीले अनुशासन तथा सम्वेदनशीलताका विषयमा आ–आफनो विचार राखेका थिए । त्यस्तै, सहकारीका संस्थापक अध्यक्ष मेहरमान लिङदेनसहित बिर्तामोड,झिलझिले सेवाकेन्द्रका सञ्चालक समितिका प्रतिनिधिहरुले समेत शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष महेन्द्र चाम्लिङले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा संस्थाका सञ्चालक सदस्यसमेत रहेका मनोरञ्जन उपसमितिका संयोजक टेकनाथ अधिकारीलगायतको समूहले स्वागत गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी लेखापाल प्रतिमा राईले गरेकी थिईन् ।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष फुलकुमारी आङ्देम्बेलगायत सञ्चालक समिति,लेखा समिति,सेवाकेन्द्रका सञ्चालक समिति ,विभिन्न उपसमिति साथै कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्