झापा , माघ ५ । अन्तर्राष्ट्रिय हरियाली मञ्च ग्रीन इन्टरनेशनल क्लब झापाको पहिलो अधिवेशन आइतबार सम्पन्न भएको छ ।

अधिवेशनबाट सन्तोष बेघा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् भने उपाध्यक्षमा कुमार थापा र मना राई, सचिवमा केनिज दुमि राई, सहसचिवमा आकृति फागो, कोषाध्यक्षमा पुर्णिमा राई र सदस्यहरुमा ईश्वर राणा मगर, मेनुका चापागाई, गौरी जबेगु चयन भएका छन् ।

पूर्व अध्यक्ष रबिन जबेगुको सभापतित्वमा प्रदेश अध्यक्ष एवं केन्द्रीय सदस्यको अनुपस्थितिमा सल्लाहकार संयोजक उदय गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । मानव अधिकारकर्मी दिपक दासको विशिष्ट आतिथ्य तथा सल्लाहकार सदस्य सुन्दर लिम्बुको आतिथ्यमा पूर्व सचिव मना राईले कार्यक्रम संचालन गरेकी थिइन् । वातावरण, सामाजिक सेवा, खेलकुद, संस्कृति, कला, मनोरञ्जन आदि क्षेत्रमा काम गर्दै आएको सो क्लब २०७४ सालदेखि सक्रिय रहँदै आएको छ । केन्द्रीय कार्यालय काठमाण्डौमा रहेको क्लबको १४ वटा जिल्लामा शाखा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्