बिर्तामोड , माघ ५ । श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सामाजिक सुरक्षा कोषको आयोजनामा योगदानमा आधारित सामाजिक सुरक्षा योजना र कोषमा आबद्धता विषयक अन्तरक्रिया सोमबार सम्पन्न भएको छ ।

नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) को समन्वयमा पर्यटकीय क्षेत्र जामुनखाडीमा सो कार्यक्रम भएको हो । कार्यक्रममा सामाजिक सुरक्षा कोषका लेखा अधिकृत रमेश ढुंगेलले कोषमा आबद्ध हुने प्रावधान र आबद्ध भइसकेपछि पुग्ने फाइदाका बारेमा प्रकाश पारेका थिए । युनिकम नेपालका राष्ट्रिय अध्यक्ष गजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाललगायतले मन्तव्य राखेका थिए । तिलकजंग खड्काले स्वागत गरेको कार्यक्रमको संचालन केशव भट्टराईले गरेका थिए । त्यस अवसरमा उद्योगी , व्यवसायी र व्यापार कर्मचारीहरुको उपस्थिति रहेको थियो । अन्तरक्रियासँगै वनभोज कार्यक्रमको आयोजनासमेत गरिएको थियो

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्